१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पूर्वरानी कोमल अस्पतालबाट डिस्चार्ज



फाइल तस्बिर

३१ वैशाख ०७८, काठमाडौं । पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौंको थपाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उनीसँगै उनकी छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

कोरोना संक्रमण भइ २१ दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनीहरु नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको दुई दिनपछि कोमल र प्रेरणा समेत डिस्चार्ज भएका हुन् ।

कोमललाई अक्सिजनको हाई फ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आईसीयूमा राखेरसमेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उनको उपचार गरिएको थियो । निरन्तरको उपचारले अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।