१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


निषेधाज्ञा उल्लंघन गर्दै प्रहरीमाथि अभद्र व्यवहार गर्ने ५ जना पक्राउ



फाइल तस्विर

१ जेठ ०७८, पर्सा । निषेधाज्ञा उल्लंघन, प्रहरीमाथि अभद्र व्यवहार र संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिकाका विभिन्न स्थानहरूबाट ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका १० ठेगाना भएका २६ वर्षीय साहेव शेख, पोखरिया नगरपालिका ३ ठेगाना भएका १९ वर्षीय हनिफ हुसेन, विन्दवासिनी गाउँपालिका ४ ठेगाना भएका ३० वर्षीय भोला प्रसाद साह, वीरगंज महानगरपालिका–१३ ठेगाना भएका ३० वर्षीय मोहम्द असरफ राइन र भारत विहार वेतिया वैरिया ३ ठेगाना भएका मुन्ना साह रहेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कारोना रोगको संक्रमण रोकथाम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत बैशाख ३० गतेदेखि जेठ ६ गते सम्मका लागि थप जारी भएको निषेधाज्ञा कार्यान्वयन गर्ने गराउने क्रममा उक्त निषेधाज्ञा उल्लंघन गरी खोलिएका पसल बन्द गराउने र अनावश्यक हिँड्डुल, आवतजावतमा रोक लगाउने कार्यको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी प्रहरी कामकारवाहीमा अवरोध पु¥याएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर एवं संक्रामक रोग ऐन, २०२० बमोजिम कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।