
ललितपुर खबर
३ जेठ ०७८,काठमाडौं । फोटोपत्रकार नारायण महर्जनलाई ब्रेन स्ट्रोक भएको छ । गत शुक्रबार महर्जनलाई टाउकोमा गम्भिर समस्या देखिएपछि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पु¥याइएको थियो ।
डा. प्रवेशराज भण्डारी र डा. प्रितम गुरुङको टिमले सफल शल्यक्रियापछि उनको स्वास्थ्य अहिले खतरामुक्त रहेको जनाइएको छ । सेतोपाटी अनलाइनमा कार्यरत फोटोपत्रकार महर्जन फोटोपत्रकार क्लवका सदस्य समेत हुन् ।
नेपाल पत्रकार महासंघले विज्ञप्ती प्रकाशन गरेर महर्जनको महर्जनका सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।







प्रतिक्रिया