१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज मदन-आश्रित स्मृति दिवस, २८ वर्षसम्म पनि घटना रहस्यमयी



३ जेठ ०७८, काठमाडौं । नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २८ औ स्मृति दिवस । वि.सं. २०५० साल जेठ ३ गते भण्डारी र आश्रित सवार जिप दासढुंगामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी भण्डारी र आश्रितको मृत्यु भएको थियो ।

आवाज उठाउँदै आएका छन् । तर, एमाले नेताहरूले नै सत्ताको नेतृत्व गर्दा भने उक्त दुर्घटनाको खासै खोज अनुसन्धान भएको पाइँदैन । जसका कारण मृत्यु भएको २८ वर्षमा पनि दासढुङ्गा दुर्घटना रहस्यमयी नै छ ।

खासगरी एमालेले न त यसलाई दुर्घटना हो भनेर भन्न सकेको छ न त पटक-पटक सत्तामा पुग्दा त्यसबारे गम्भीर अनुसन्धानको चासो नै देखाएको छ ।

सोही दिनको स्मरणमा जेठ ३ गतेलाई मदन-आश्रित दिवसका रूपमा मनाइँदै आएको छ । आज पनि विभिन्न कार्यक्रम गरी मदन-आश्रित दिवस मनाइँदै छ । तर, ती कार्यक्रमहरू कोरोना महामारीबाट बच्दै स्वास्थ्य सावधानीसहित गरिने भएको छ ।

यसैबीच प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताएका छन् ।
जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हिताको रक्षाका लागि अविचलितरुपमा क्रियाशील हुने प्रण गर्दै पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने पनि जनाएका छन् ।
कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै आर्थिक–सामाजिक रुपान्तरण तथा समाजवादको मुख्य संवाहक बनाउने आफूहरुको इमान्दार प्रयास भए पनि कतिपय नेताका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण नेकपा (माओवादी केन्द्र) सँगको एकीकरणको अभियान निष्कर्षमा पुग्ने नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित गरी आन्दालनलनई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प गरेका छन् ।
दिवसका अवसरमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको वाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल नेतृत्व गर्नुभएको स्मरण गरेका छन् ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ११ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।