१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोभिड-१९ रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपासका लागि कार्यविधि जारी



६ जेठ ०७८, काठमाडौं । सरकारले कोभिड-१९ रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपासका लागि कार्यविधि जारी गरेको छ । सरकारले जारी गरेको कार्यविधिमा भन्सार अधिकृतले अत्यावश्यक मालवस्तुलाई उच्च प्राथमिकतामा राखी शीघ्र जाँचपास गर्नुपर्ने उल्लेख छ ।

सो प्रयोजनाका लागि भन्सार कार्यालय प्रमुखले आफ्नो कार्यालयमा आवश्यक कर्मचारीको व्यवस्थासहित छुट्टै इकाइ खडा गरी कर्मचारी खटाउन सक्ने उल्लेख छ ।

साथै आपूर्ति व्यवस्थालाई सहज एवम् शीघ्र बनाउन कार्यालयको नियमित समयभन्दा अघि वा पछि र सार्वजनिक विदाको दिनमा पनि यात्रु जाँचपास कक्ष वा काउण्टरबाट समेत आवश्यक मालवस्तुको जाँचपास गर्ने गरी भन्सार कार्यालयको प्रमुखले आवश्यक व्यवस्था गर्नुपर्नेछ ।

त्यसैगरी जाँचपासका क्रममा देखिएका समस्या समाधान गरी आवश्यक सहजीकरण गर्नका लागि विभागमा उपमहानिर्देशकको संयोजकत्वमा एक दु्रत कार्यदल रहनेछ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ११ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।