१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पहिलोपल्ट अक्सिजन सिलिण्डर परिक्षण



८ जेठ ०७८, ललितपुर । नेपाल विज्ञान तथा प्रबिधि प्रतिण्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ । कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको बेला नया सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर परीक्षणको शुभारम्भ गरेका हुन् ।
नाष्टको बैज्ञानिकसंग भएको भेटको क्रममा मन्त्री श्रेष्ठले सिलिन्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिए लगत्तै नाष्टले सफल परीक्षण गरेको हो । अब नेपालले प्रेसर धान्न सक्ने सिलिन्डर उप्तादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नाष्टका प्रबिधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको जानकारी दिएका थिए । उनले भन,‘सुरक्षाको अन्तिम उपाय अबलम्बन गर्न बाकी छ, केही दिनमा सिलिन्डर उत्पादन गर्ने कम्पनीसंग छलफल गरी व्यावयासीक उत्पादन गर्न अनुमति दिनेछौ ।’
उनका अनुसार नेपालमा पाईने सिलिन्डरको न्युनतम मुल्य करिब १५ हजार पर्नेछ भने नाष्टको प्रबिधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार भन्दा कम मुल्य पर्नेछ । परीक्षण अवलोकन गर्न नाष्टको मुख्यालय पुगेका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा.सुनिलवावु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाल लगायत सबै टिमलाई धन्यावाद दिएका थिए ।
नेपालका वैज्ञानिकको मेहेनतको कारण गएको कोरोना संक्रमण नियन्त्रण गर्न स्वाब कलेक्सन भ्यान, स्नानीटाइजर, धुनमिल्ने मास्क निर्माण गरेर कोरोना नियन्त्रणमा महत्वपुर्ण योगदान गरेको अब सिलिन्डर तयार गरेर कोरोना संक्रमितको प्राणवायु अक्सिजन भर्ने सिलिन्डर निर्माण गर्ने प्रबिधिको सफल परीक्षण गरेर महत्वपुर्ण काम गरेका छन् ।
उनले अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपुर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताएका थिए । मन्त्री श्रेष्ठले नाष्टले अझै धेरै आविष्कार गर्न बाकी रहेको बताउदै त्यसकोे लागि सरकारको पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सफल परीक्षण भएको सिलिन्डर वैज्ञानिक शंकर ढकालको समुहले तयार गरेको हो ।
सो सिलिन्डर मा ग्यास सिलिन्डरमा ग्यासको दवाव २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दवाव २३५ बार सम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइपमा सामान्यसमस्या आएको थियो । त्यसैले अन्तिम परीक्षण गर्न बाकी रहेको हो–प्रबिधि संकाय प्रमुख रविन्द्र ढकालले बताए ।
नाष्टका बैज्ञानिकले नेपाल यस्तो सिलिन्डर निर्माण हुने गरेको छैन भने आयातित सिलिन्डरको गुणस्तर परीक्षण समेत हुने गरेको छैन । .
मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै भने ,‘विगतमा अस्पताल सञ्चालन अनुमति दिँदाअक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।’

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।