१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गैँडा तस्करीको फरार आरोपी पक्राउ




९ जेठ ०७८, चितवन । गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालि)का बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् ।
उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठुलेचौर भन्ने ठाउँबाट पक्राउ गरिएको हो । उनले विसं २०६७ चैत २७ गते धोवाहा रतनी घाटमा भाले गैँडालाई गोली हानी खाग तस्करी गरेको अभियोगमा विशेष अदालतले १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो ।
उनलाई अदालतले विसं २०७४ फागुन १५ गते सो फैसला सुनाएको थियो । उनलाई गैँडा तस्करीसँगै चोरी शिकारीमा संलग्न तीन मुद्दामा दोषी ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनएका छन् । उनका अनुसार चालु आर्थिक वर्षमा चार फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  १२ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।