
९ जेठ ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दैनिका कान्तिपुरमा छापिएको कार्टुनिष्ट अविनले बनाएर प्रकाशित कार्टुनको आलोचना गरेका छन् ।
प्रधानमन्त्री ओलीले राजसंस्थालाई प्रेत संस्थाको प्रतिक भन्दै यो कार्टुन प्रकाशित हुनु लोकतन्त्रले दिएको स्वतन्त्रताको हकको दुरुपयोग भएको बताएका छन् ।
प्रधानमन्त्रीले यो कार्टुन प्रकाशित हुनुलाई घृणित कृयाकलाप भएको धारणा राखेका हुन् । गणतन्त्रको प्रतिकको रुपमा रहेको जननिर्वाचित राष्ट्रपतिलाई खल्तीमा राखेको भन्दै प्रधानमन्त्रीले आपत्ती व्यक्त गरेका हुन् ।
राष्ट्रिय राजनीतिलाई गलत दिशातिर मोड्ने कोसिस कसैले पनि नगरौ भन्दै प्रधानमन्त्री ओलीले यस कार्टुनको आलोचना गरेका हुन् ।
यो कार्टुन आज आइतबार कान्तिपुरको पहिलो पेजमा छापिएको थियो । यस कार्टुनलाई लिएर सामाजिक सञ्जालमा धेरैले शेयर गर्दै समर्थन र विरोध गरेका छन् ।
राष्ट्रपति







प्रतिक्रिया