१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भेरी अस्पतालका डाक्टर नर्स कुटेको आरापमा ३ जना पक्राउ




१४ जेठ ०७८, बाँके । भेरी अस्पताल प्रशासनभित्र अनाधिकृत रुपमा प्रवेश गर्ने तथा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात एवम् दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका११ बस्ने ५० वर्षीय भरत बहादुर रावत, ४६ वर्षीय मान बहादुर रावत र ३० वर्षीय लोकराज रावत रहेका छन् । बाँकेस्थित भेरी अस्पतालमा जेठ ४ गतेदेखि उपचाररत दाङ तुल्सीपुर उपमहानगरपालिका ११ वस्ने ५२ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरु अस्पतालभित्र प्रवेश गरि ईसिजि मेसिन, झ्याल, ढोका तोडफोड गर्नुका साथै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात, अभद्र व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी उपरीक्षक समेतको टोली खटि गई उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई बाँके जिल्ला अदालतबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटनाको सम्बन्धमा नेकपा एककृतका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले दोषि माथि कानूनी कारवाहीको माग गरेका छन् । घटनाका सम्बन्धमा राष्ट्रपति विद्यदेवि भण्डारीले घटना खेदजनक रहेको बताइकी छिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको सम्बन्धमा सत्य तथ्य अनुसन्धानपछि दोषिलाई कारवाही गरिने बताएका छन् ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।