६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रेस काउन्सिलको अध्यक्षमा बस्‍नेत



२१ जेठ ०७८, काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
कानून व्यवसायीसमेत रहेका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए । काउन्सिलका अध्यक्षमा नियुक्त भवानी बरालको नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले चलाउँदै आएका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ८ : १८ बजे