६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शिक्षामन्त्री श्रेष्ठसँग भोट भाषा पढाउने शिक्षकलाई मान्यता दिन बौद्ध महासंघको आग्रह



२१ जेठ ०७८,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठसंग नेपाल बौद्ध महासंघको टोलीले भोट भाषा पढाउने शिक्षकलाई मान्यता दिन माग गरुेका छन् ।
महासंघले गोन्पा विद्यालयमा अध्यापनहुने भोट भाषा, भोट ब्याकरण र भोट भाषाको माध्यमबाट अध्यापन हुने बौद्ध शिक्षा, बौद्ध दर्शन, सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषय अध्यापन गराउने शिक्षकको लागि अर्को व्यवस्था नभएसम्मका लागि देश विदेशका विभिन्न बौद्ध गोन्पाबाट भोट भाषाको माध्यमबाट अध्यापन पुरा गरेका शिक्षकलाई गोन्पा विद्यालयमा अध्यापन गराउन नीतिगत व्यवस्था गर्न आग्रह गरेको हो ।

मन्त्रालयमा भएको भेटमा अध्यक्ष आचार्य नुर्बु शेर्पाले मन्त्री श्रेष्ठलाई परम्परागत शिक्षाको पाठ्यक्रम निर्देशिका , गोन्पा ÷विहार व्यवस्थापन परिषद नेपालमा रिक्त अध्यक्ष र सदस्य–सचिव र सदस्य नियुक्ति गर्न माग गरे ।
उनले गोन्पा शिक्षक व्यवस्थापन नभएसम्म हाल अध्ययपनरत शिक्षकलाई गोन्पा शिक्षक सरहको मान्यता दिन समेत आग्रह गरका थिए । ऐच्छिक विषयको सास्त्रीय भोटभाषाको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्न माग गरेको छन् ।
पुर्वीय दर्शनको मौलिक स्रोत एवं नेपालको ज्ञानको धरोहरको रुपमा रहेको संस्कृत, भोट र पाली भाषा दिनानुदिन लोप हुदै गएको अवस्थामा त्यसलाई संरक्षण गर्न पाट्यक्रम विकास केन्द्रले संस्कृत र पाली भाषाको पाठ्यक्रम विकास आर्न आग्रह गरेका छौ–महासंघद्धारा मन्त्री श्रेष्ठलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
भेटको क्रममा मन्त्री श्रेष्ठले विश्वमा नेपालको परिचय दिने गोन्पा भाषा बौद्ध दर्शन लगायतका विषयमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताएका थिए । मन्त्री श्रेष्ठले भने,‘महासंघले दिएको यस्ता जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्छ ।’ उनले शिक्षक व्यवस्थापन, निर्देशिका निर्माण र परिषद गठनको विषयमा तत्काल प्रकृया अघि बढाउने बताएका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ४ : ५९ बजे