४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मट्टितेल खन्याइ मार्न खोज्ने श्रीमानलाई जन्मकैद सजायको माग




२२ जेठ ०७८, काठमाडौं । आफू र नावालक छोरीलाई मट्टितेल खन्याएर मार्न खोजेपछि डोटीकी लक्ष्मी भाटले अभियुक्त उनका श्रीमान् सन्तोष पन्तलाई जन्म कैद सजाय दिन माग गरेकी छिन् । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेपछि भेटमा यो माग राखेकी हुन् ।
एक साता अगाडि श्रीमानद्वारा जलाईएकी भाट र उहाँकी छोेरीको कीर्र्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । उनलाई ढोका बन्द गरी मट्टीतेल खन्याएर जलाएर सख्त घाइते बनाएको थियो

डोटी जिल्ला आदर्श गाउँपालिका वडा ४ बस्ने वर्ष २८ की लक्ष्मी भाटलाई दुई वर्षको छोरी अञ्जु भाट समेतलाई आफ्नै श्रीमान सन्तोष पन्तले ढोका बन्द गरी मट्टीतेल खन्याएर जलाएर सख्त घाइते बनाएका थिए । स्थानिय अस्पतालमा भाटको उपचार हुन नसकेपछि गृह मन्त्रालय र सम्बन्धित क्षेत्रका जनप्रतिनिधि समेतको समन्वय र पहलमा घाइते लक्ष्मी भाट र उनकी छोरीलाई हेलिकप्टरमार्फत उपचारको लागि सोमवार काठमाडौँ ल्याई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
आयोगका अध्यक्ष पराजुलीले यस सम्वन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग वार्ता गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेकी छिन् ।
उनले यस घटनाले महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था देखाएको भन्दै पीडकले हदैसम्मको सजायँ पाउनुपर्नेमा जोड दिएकी छिन् ।
साथै निषेधाज्ञाका कारण धेरै महिला घरभित्रै बस्नुपर्ने, रोजगारी गुमेको कारण आफ्नै नजिकका नातेदार, श्रीमान परिवारबाट हिंसामा परिरहेको जानकारी दिइन् ।
आयोगद्वारा सञ्चालित हेल्पलाइन ११४५ पनि हरेक दिन लैङ्गिक हिंसाको गुनासो, उजुरी बढिरहेको भन्दै अध्यक्ष पराजुलीले लैङ्गिक हिंसामा संलग्न हुनेलाई आयोगले कानुनको दायरामा ल्याउन र हिंसा हुन नदिन भर्चुअल माध्यमबाट विविध कार्यक्रम सञ्चालन गरिरहेको बताएकी छिन् ।
आयोगले निषेधाज्ञामा घरमा रहेका महिला÷किशोरीको मानसिक स्वास्थ्य अवस्थाको सुरक्षाको उद्देश्यले मनोपरामर्श जारी राखेको छ भने हिंसामा परिहाले उक्त हेल्पलाइनबाट २४ घण्टै उजुरी लिने र कानुनी सहयोग समेत सञ्चालन गरिरहेको छ ।
लक्ष्मी भाटलाई जस्तै तत्कालै सहयोग पु¥याउनुपर्ने अवस्थामा सम्वन्धीत जिल्ला प्रमुख, स्थानिय जनप्रतिनिधी, अधिकारकर्मीसँग सम्पर्कमा रहेर आयोगले निरन्तर आफ्नो काम जारी राखेको अध्यक्ष पराजुलीले धारणा राखिन् ।
उनले हिंसा कुनै पनि समस्याको समाधान होइन, महमारीमा संयमित भएर आफु र आफ्नो परिवारको सुरक्षासहित बस्न पनि सबैलाई आग्रह गरेकी छिन्।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  २ : ४० बजे