२३ जेठ ०७८, काठमाडौं । नेपाली सेनामा अवदेखि ४ वटा मात्रै पृतना रहने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार आयोजित कार्यक्रममानेपाली सेनामा ४ वटामात्रै पृतना रहने जानकारी दिएका हुन् ।
यसअघि हरेक प्रदेशमा एक र काठमाडौंमा एक पृतना थिए । आउँदो साउनदेखि चार बटा मात्रै पृतना रहने प्रधानसेनापति थापाले बताए।
नेपाली सेनाका अनुसार अव नदिको आधारमा नयाँ पृतनाहरु बन्नेछन् । कोशी, गण्डकी र कर्णालीको नामबाट ३ वटा पृतना बन्ने छ भने अर्को पृतना काठमाडौंमा रहनेछ ।
प्रतिक्रिया