२४ जेठ ०७८, काठमाडौं । निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजरलाई पक्राउ गरेको छ ।
निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले म्यानेजर सागर गुरुङ गुरुङ पक्राउ परेका हुन् । दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो ।
प्रतिक्रिया