२५ जेठ ०७८, काठमाडौं । काठमाडौं उपत्यकाको पानी पँधेरोको रुपमा परिचित मेलाम्ची खानेपानीको पानी प्रशोधन केन्द्रको एलियल भ्यू । खानेपानी आयोजनाको सुरुङ्गलगायत विभिन्न ठाँउ सफ ागर्ने प्रयोजकका लागि असार १ गतेबाट यो आयोजना १ महिना बन्द हुँदैछ ।
केही समयअघि काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु भएको यो योजनाले दैनिक १७ करोड लिटर पानी वितरण गर्न सक्छ । मेलाम्ची नजिकै रहेका लार्के र याङ्ग्री खोलाको पानी समेत यो आयोजनामा मिसाएर काठमाडौं ल्याउने सरकारको योजना पुरा भएपछि ५१ करोड लिटर दैनिक रुपमा खानेपानी वितरण हुन्छ । यो तस्विर राष्ट्रिय समाचार समितीका लागि रोशन सापकोटाले खिचेका हुन् ।
प्रतिक्रिया