१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


श्रीमानले श्रीमतीलाई प्रहार गरे एसिड



३० जेठ ०७८, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि एसिड प्रहार भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ की ३८ वर्षीया दिपिका विकमाथि एसिड प्रहार भएको हाे । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार  विकलाई उनकै श्रीमानले दिपक विकले एसिड प्रहार गरेका हुन् । घरमा झगडा परेपछि केही छिन बाहिर गएका दिपकले बोतलमा केही चिज ल्याएर छ्याप्न खोज्दा दीपीकाले खोस्ने प्रयास गरेकी थिइन् ।

सोही क्रममा उनको हात र पेटको भागमा एसिड परेको घाइते दिपिकाले बताइन् । उनको चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ ।

दिपिकाको शरिरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । उनको देब्रे हात र पेटमा एसिड परेको छ ।

पीडित महिलाका अनुसार शनिबार साँझ ६ बजेतिर विवाद हुँदा उनका श्रीमानले एसिड आक्रमण गरेका थिए । एसिड प्रहार गर्ने श्रीमान दिपकलाई पक्राउ गरिएको हाे ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १२ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।