४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थपिए २९१८ कोरोना भाइरस संक्रमित



३१ जेठ ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेमबार १४ हजार ८१९ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २०४९ जना र एन्टिजेन विधिबाट ८६९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । भने ५ हजार १४७जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हालसम्म नेपालमा कोरोना निको हुने दर ८७.८ रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : १५ बजे