११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंबाट डिएसपी भन्दै हुँ भन्दै हिड्ने औषधि पसले पक्राउ




३१ जेठ ०७८, काठमाडौं । आफूलाई नेपाल प्रहरीको डाक्टर÷प्रहरी नायव उपरीक्षक (डिएसपी) हुँ भन्दै भ्रम सिर्जना गरेको अभियोगमा तारकेश्वरस्थित भिक्टोरिया फार्मेसीका संचालक तारकेश्वर नगरपालिका ६ जरङ्गु बस्ने ४४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको छ ।
उनले नेपाल प्रहरीका डिएसपीको पोशाक लगाएको फोटो फेसबुकमा राखी नपाएको ओहोदा÷पदवी पाएको भन्दै भ्रम सिर्जाना गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उनकै फार्मेसीबाट पक्राउ गरेको हो ।
आफुलाई मेडिकल डाइरेक्टर डा. एस के ढुंगाना हुँ भन्दै मेडिकल फर्म संचालन गर्दै आएको र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र डिएसपी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै उनको साथबाट ३ थान नेपाल प्रहरीको विभिन्न पदहरूको यूनिफम लगाएका फोटो, १ थान प्रहरी नायव उपरीक्षकको यूनिफम, १ थान नेपाल प्रहरीको जर्सि र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।
उनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।