२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्रले पाए विश्वासको मत



४ असार ०७८, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्।

जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही अनुसार उनले आज प्रदेशसभा बैठकमा विश्वासको प्रस्ताव पेश गरेका थिए।

उनको प्रस्तावको पक्षमा ३१ मत र  विपक्षीमा २७ मत खसेको छ। नेकपा (माओवादी केन्द्र) का ११, नेपाली कांग्रेसका १५, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका २/२ र एक स्वतन्त्र सांसद गरि मुख्यमन्त्री पोखरेललाई ३१ सांसदको साथ छ। नेकपा एमालेले पोखरेलको विपक्षमा मतदान गरेको थियो।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।