१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


निषेधाज्ञामा बेहुला बेहुली मोटरसाइकलमा सरर (तस्विर)



५ असार ०७८,सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका ८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् । धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका ७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।
कोरोनाका कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।