४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


 २४४२ जना कोराेना संक्रमित थपिए



६ असार ०७८, काठमाडौं । नेपालमा आइतबार २४४२ जना कोभिड– १९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिएकाे जानकारी अनुसार देशभर गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा २४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ३४५६ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा नै ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ५५५३२ जना सक्रिय संक्रमित रहेका छन् । ‘यो घट्दो दरमा छ,’ प्रवक्ता डा. पौडेलको भनाइ छ ।

काठमाडौं उपत्यकामा ५४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना संक्रमित थपिए ।

 

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ५ : २५ बजे