१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मध्य वर्षामा किसानलाई चेते धान भित्राउने चटारो




तनहुँको व्यास नगरपालिका ११ पोल्याङमा चैतेधान काटदै किसान । कृषकलाई चैतेधान भित्रयाए लगत्तै असारे धान रोप्न चटारो छ । तस्बिरः कृष्ण न्यौपाने\रासस

७ असार ०७८, वर्दिया । वर्षाको शुरुवातसँगै अधिकांश किसानलाई रोपाइँको चटारो भइरहेका बेला बर्दियाका किसानलाई भने यतिखेर चैते धान भित्र्याउने चटारो परेको छ ।
गत फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरिसकेका किसानहरु घरघरमा धान भित्राउन व्यस्त छन् ।
यस वर्ष करिब दुई बिगाहा क्षेत्रफलमा चैते धान खेती गरेका किसान चक्रलाल थारुले खेतमा पानी पसिसकेकाले धान काट्न गाह्रो भएका बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत धान सुपरजोन राजापुरको कार्यक्रमका प्रमुख डा तपेन्द्र शाहको अनुसार किसानलाई मनसुन शुरु भएसँगै धान काट्ने र रोप्ने चटारो भएको बताएका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।