२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


१८ जिल्लामा लम्ब्याइयो निषेधाज्ञा(सूचीसहित)



७ असार ०७८, काठमाडौं । १८ जिल्लामा निषेधाज्ञा लम्ब्याइएको छ ।
गृह मन्त्रालयका अनुसार सोमबार बिहानसम्म निषेधाज्ञा थपिएका जिल्लाको संख्या १८ पुगेको छ। ति सबै जिल्लामा साउन दोस्रो सातासम्म निषेधाज्ञा लागू गरिएको छ।

काठमाडौं उपत्यकाका तीनै जिल्लामा १४ असारसम्म निषेधाज्ञा लागू गरिएको छ। त्यस्तै, बाँके, कास्की, जाजरकोट, मकवानपुर, कालिकोट, ताप्लेजुङ, नवलपरासी पश्चिम, अछाम र पाँचथरमा १४ असारसम्म निषेधाज्ञा थपिएको छ।

यसैगरी, मुस्ताङ, सिरहा, बैतडी, स्याङ्जा र डडेल्धुरामा १५ असारसम्म निषेधाज्ञा लम्ब्याइएको छ। बाजुरा, बारा र सप्तरीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लगाइएको छ।

सोमबारसम्म देशका ७५ जिल्लामा निषेधाज्ञा जारी रहेको छ। केही जिल्लामा आज सकिँदै छ। ति जिल्लामा पनि थप्ने तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कहिलेसम्म  ?

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ३ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।