१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालमा कोरोना निको हुने दर अहिलेसम्मकै धेरै




८ असार ०७८,काठमाडौं । गएको २४ घण्टामा देशभर ३ हजार १३० जना कोरोना निको भएको छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यो अहिलेसम्मकै धेरै निको हुने दर रहेको जानकारी दिएको छ । यो ८९.९ प्रतिशत दर हो ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार २९७ व्यक्तिमा कोरोनाङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङख्यामा कोराना पुष्टि भएको हो ।
सोही अबधिमा ६ हजार ५८३ को पिसिआर र ४ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये पिसिआरमा एक हजार र एन्टिजेनमा ७१३ जना सङ्क्रमित पुष्टि भएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६ सङ्क्रमितको मृत्यु भएको छ । सोही अबधिमा देशभर ३ हजार १३० सङ्क्रमित निको भएका छन् । यो हालसम्मकै निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।