३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संविधानलाई सही बाटामा हिँडाइने छः प्रचण्ड



८ असार ०७८, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् ।

माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई आज सम्बोधन गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताए ।

साे अवसरमा अध्यक्ष दाहालले पौडेलले कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे । पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १ : ३६ बजे