३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप २ हजार ४ सय २१ जनामा काेराेना सङ्क्रमण



९ असार ०७८, काठमाडौं । नेपालमा गएको २४ घण्टामा देशभर दुई हजार चार सय २१ जनामा काेराेना भाइरसको सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार चार सय ६१ जनाको आरटी/पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा र चार हजार नाै सय ५३ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा नाै सय १० जना गरी दुई हजार चार सय २१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।

सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका चार सय ९७ जना रहेका छन् । पछिल्लाे २४ घण्टामा काठमाडौंमा तीन सय ४६ जनामा, ललितपुरमा ९४ जनामा र भक्तपुरमा ५७ जनामा सङ्क्रमण देखिएकाे हाे । नेपालमा आज ५० हजार पाँच सय २० जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ५८ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै यो अवधिमा काेराेना सङ्क्रमणका कारण ५२ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ५ : ५९ बजे