११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विमानस्थलको गोदामबाट ल्यापटप चोरी, एक पक्राउ




१० असार ०७८, काठमाडौं । त्रिभुवन अन्त्रर्राष्ट्रिय विमानस्थलको कार्गोको आयात गोदामबाट ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका २ घर भएका बिष्णु अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल पारवहन तथा गोदाम व्यबस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्त्रर्राष्ट्रिय विमानस्थल शाखा कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेसको आयात गोदामबाट विभिन्न समयमा १३ थान ल्यापटप चोरी भएको भनी निबेदन परे पश्चात महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले विमानस्थल सुरक्षा कार्यालयको समन्वयमा अधिकारीलाई चोरी गरिएको ८ थान ल्यापटप र २ थान चार्जर सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई चोरी सम्बन्धी कसूरमा अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइने उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ६ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।