३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्रीहरूकाे जिम्मेवारी हेरफेर, विष्णु पाैडेललाई गृहसहित तीन मन्त्रालयकाे जिम्मेवारी



१० असार ०७८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूकाे जिम्मेवारी हेरफेर गरेका छन् । रक्षा र परराष्ट्र मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राखेका छन् ।

अहिले अर्थ मन्त्रालयकाे जिम्मेवारी सम्हालिरहनुभएका विष्णु पाैडेलले थप उद्याेग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्राेत तथा सिँचाइ र गृह मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

शिक्षा मन्त्रालय सम्हालिहरनुभएका कृष्णगाेपाल श्रेष्ठले थप वन तथा वातावरण; युवा तथा खेलकुद; श्रम, राेजगार तथा सामाजिक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिरहेका वसन्तकुमार नेम्वाङले थप कृषि, तथा पशुपक्षी विकास; खानेपानी; सञ्चार, तथा सूचना प्रविधि र सहरी विकासकाे जिम्मेवारी पाएका छन् ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ६ : ३९ बजे