
११ असार ०७८,तनहुँ । स्थानीय निकाय गठन भएको ४ वर्ष पुरा भएसँगै गाँउघरमा सिंहदरवार पुगेको आभाससँगै नयाँ अर्थमन्त्रीको अनुहारको झल्को आइरहेको छ ।
विहीबार तनहुँक बन्दिपुर गाउँपालिकाको बिहीबार आयोजित नवौ गाउँ सभामा आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा बजेट प्रस्तुत गर्ने क्रममा गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ केन्द्र सरकारले पेश गर्ने क्रममा प्रस्तुत भए झै देखा परिन् । उपध्यष गुरुङ्गले बजेट पेश गर्ने क्रममा व्रिफकेशलाई रिवनले बेरेर ल्याएकी थिइन् । गाउँपालिकाले अनुमानित रु ६३ करोड ३४ लाख एक हजार पाँच सय बजेट पेश गरेको छ । यो तस्विर राष्ट्रिय समाचार ससमतीका लागि सानेबहादुर नेपालीले खिचेका हुन् ।







प्रतिक्रिया