१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भक्तपुर क्यान्सर अस्पतालमा अध्ययन संस्थान स्थापना गर्न लागिएको भन्दै विरोध !



११ जेठ ०७८, ललितपुर । सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न लागेकोमा विरोध भएको छ ।

भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम र उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले स्वास्थ्य मन्त्री, अर्थमन्त्री, गृहमन्त्री तथा स्वास्थ्य विभाग र स्वास्थ्य सचिवलगायतलाई भेटेर भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने निर्णय गलत भएको भन्दै तत्काल सच्चाउन अनुरोध गरेका छन्।

चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल अस्पताललाई छाडेर भरतपुरभन्दा सानो अस्पताल भक्तपुरमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापनाको तयारी गलत भएको उनीहरुको भनाइ छ ।

भरतपुर क्यान्सर अस्पताललाई भक्तपुर क्यान्सर अस्पताल र उसको अध्ययन संस्थानको छानामुनि राख्ने गरी सरकारले बजेटमार्फत ल्याएको कार्यक्रमलाई स्वास्थ्य मन्त्रालयले अगाडि बढाएको छ । सरकारले बजेटमा क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई यसै अध्ययन संस्थानको मातहत सञ्चालन गर्ने उल्लेख गरेको थियो ।

उनीहरूले देशकै सबैभन्दा ठूलो क्यान्सर अस्पताल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छाडेर एक विवादित अस्पतालमा क्यान्सर जस्तो जटिल रोगको अध्ययन संस्थान चलाउनु गलत भएकाले सच्चाउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।