३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप २ हजार ४ सय ७६ जनामा काेराेना पुष्टि



११ जेठ ०७८, ललितपुर । नेपालमा १४ हजार तीन सय ५१ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नाै हजार पाँच सय ८६ जनाको आरटी/पीसीआर परीक्षणमा एक हजार सात सय २१ जनामा सङ्क्रमण भएको पाइएको छ भने चार हजार सात सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सात सय ५५ जनामा सङ्क्रमण भएकाे पाइएकाे हाे । पछिल्लाे २४ घण्टमा नमुना परीक्षण गरिएकामध्ये १७ दशमलव २५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हाे ।

आज सङ्क्रमण पुष्टि भएकासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३१ हजार एक सय ५२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३० हजार ६ सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा पाँच हजार चार सय ५५ जना कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । याेसँगै नेपालमा काेराेनामुक्त हुनेकाे सङ्ख्या पाँच लाख ७६ हजार चार सय १३ पुगेकाे छ । अहिले निको हुने दर ९१ दशमलव ३ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यस्तै  सङ्क्रमणका कारण थप २७ जनाको ज्यान गएको छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या आठ हजार नाै सय ४५ पुगेकाे  छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ६ : ३४ बजे