४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शनिबार दुई हजार जनामा कोरोना सङ्क्रमण, पाँच हजार जना निको




१२ असार ०७८, काठमाडौं । विगत २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९।१ प्रतिशत रहेको छ ।

४ हजार ९१४ निको
सङ्क्रमण मुक्त भई आज चार हजार ९१४ जना घर फर्किएका छन । योसँगै कूल पाँच लाख ८१ हजार ३२७ जना निको भएका छन । नेपालमा निको हुने दर ९१.९ प्रतिशत पुगेको छ ।

३० जनाको निधन
यस्तै विगत २४ घण्टामा ३० जनाको सङ्क्रमणका कारणले निधन भएका छन्् । अहिलेसम्म सङ्क्रमणका कारणले आठ हजार ९७५ जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३०२.६ जनाको निधन भएको छ ।

७३४ आइसियु र २२२ भेन्टिलेटरमा

सङ्क्रमितमध्ये ७३४ जना सघन उपचार कक्ष (आइसियु) र २२२ जना भेन्टिलेटरमा रहेका छन् । आइसियुमा प्रदेश नं १ मा १४५ जना, प्रदेश नं २ मा २४, वाग्मतीमा ४०५, गण्डकीमा ७७, लुम्बिनीमा ६०, कर्णाली प्रदेशमा १४ र सूदुरपश्चिम प्रदेशमा नौ रहेका छन ।

भेन्टिलेटरमा प्रदेश नं १ मा ४२, प्रदेश नं २ मा एक, वाग्मतीमा १४१, गण्डकीमा १८, लुम्बिनीमा १४, कर्णालीमा दुई र सूदुरपश्चिममा चार रहेका छन् । होम आइसोलेशनमा ३९ हजार १९९ जना र संस्थागत आइसोलेशनमा दुई हजार ८२५ जना रहेका छन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ५ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।