३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप १९२० जनामा कोरोना संक्रमण पुष्टि



१३ असार ०७८, काठमाडौं । आइतबार मुलुकभर थप १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३५३ जना र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनालाई गरी  कुल १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ३हजार ७ जना रहेको छ । यसैगरी सो अवधिमा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएका छन् भने ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् ।
सो अवधिमा संक्रमित पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका ४२४ जना रहेका छन् । जसमा काठमाडौ जिल्लाका २९२ जना, ललितपुर  जिल्लाका १०० जना र भक्तपुर जिल्लाका ३२ जना रहेका छन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : ४६ बजे