११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं उपत्यकामा सार्वजनिक यातयात खोल्ने एजेण्डामा बैठक बस्दै




१४ असार ०७८, काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक यातयात संचालन गर्ने एजेण्डामा छलफल गर्न आज ललितपुर, काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।
काठमाडौं उपत्यकाभित्र निषेधाज्ञालाई जारी नै राखेर सार्वजनिक यातायात सञ्चालन गर्ने तायरी रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
प्रमुख जिल्ला अधिकारी निरौलाले के–के खोल्न वा नखोल्ने भन्ने विषय छलफलमै रहेको बताए । उनका अनुसार आज साँझसम्म यस सम्बन्धमा निर्णय हुनेछ ।
उनका अनुसार कोरोना संक्रमण अझैं कामय रहेको र उल्यख्य रुपमा कमी नआएको कारण निषेधाज्ञा भने जारी नै राख्ने तयारी रहेको बताए ।
उनले भने, ‘यातयात चल्न दिने निर्ण भए मापदण्ड पुरा गरेर कडाईका साथ सञ्चालन गर्न अनुमती दिइन्छ ।’
निषेधाज्ञालाई कसरी खुकुलो बनाउने भन्ने सन्र्दभमा आइतबार साँझ पनि उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो । गएको असार ७ गतेबाट आज सोमबार १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको थियो ।
तर स्वास्थ्य विज्ञहरुले संक्रमणको चौथो लहर आउनसक्ने चेतावनी दिएपछि निषेधाज्ञालाई हचुवाको भरमा खोल्न नहुने आवाज पनि संगसंगै उठिरहेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।