३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


२ हजार ४ सय ४४ जनामा कोरोना सङ्क्रमण



१४ असार ०७८, काठमाडौं । नेपालमा सोमबार थप दुई हजार चार सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय नौ जना र चार हजार नौ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ३५ जना गरी दुई हजार चार सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३५ हजार एक सय ८८ जना र एन्टिजेन परीक्षणमा ३३ हजार ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार आठ सय ५३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख ८८ हजार एक सय ८७ पुगेको छ । अहिले नेपालमा ३७ हजार नौ सय ५० जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट थप ४२ जनाको ज्यान भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ५१ पुगेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : ०९ बजे