१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सवारी साधनको किर्ते कागजात बनाउने गिरोह पक्राउ



१५ असार ०७८, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले सवारी साधनको किर्ते कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भन्सार छली गरी चोरी गरेर ल्याएको सवारी साधनका नक्कली सवारी दर्ता किताबसमेत तयार गरी कारोबार गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको हो ।

ग ३ च १४६२ र प्रदेश ३–०१०२४ च ०२५३ नम्बर प्लेटको हुण्डाई कम्पनीको क्रेटा गाडीहरू भन्सार छली काठमाण्डाै ल्याइ ती सवारी साधनको नक्कली सवारी दर्ता किताबलगायतका कागजात तयार गरी कारोबार गर्ने लमजुङकाे सुन्दरबजार नगरपालिका ३ घर भइ काठमाण्डाैकाे सामाखुसी बस्ने कमलबाबु भट्टलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । यस्तै प्रहरीले भक्तपुरकाे चाँगुनारायण नगरपालिका ८ का अरुण खड्का र चाँगुनारायण २ का मधु सिलवाल पनि रहेको महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।

त्यस्तै गाडीमा फेला परेको कमल बाबु पुरीको नामको नक्कली सवारी दर्ता किताब तयार गर्न संलग्न रहेका मोरङकाे बयरबन घर भइ काठमाण्डाैकाे शान्तिनगरमा बस्ने रेवती रमन निरौलालाई पनि प्रहरीले पक्राउ गरको छ । निरौलाको कोठाबाट विभिन्न व्यक्तिको नाममा रहेको शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छापहरू, होलो ग्राम, लाइसेन्स, राहदानी लगायत सरकारी लिखितहरू समेत बरामद गरिएको छ ।

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।