
१६ असार ०७८, बर्दिया । आफ्नै श्रीमानको हत्याको अभियोगमा बर्दिया मधुबन न.पा.–४ बादरभरियाकी निजको श्रीमती बर्ष३८ कि सिता थारु र निजको छोरा बर्ष १८को आकास थारु पक्राउ परेको छन् ।
बर्दिया प्रहरीका अनुसार गतसोमबार ८ बजेको समयमा बर्ष ३८ को उनका लक्षिराम थारुले रक्सि खानको लागी एक रुपैया मागेको बिषयमा उनीहरुबीच झगडा हुदाँ लक्षिराम थारु घाईते भई उपचारको क्रममा मृत्यु भएका ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियामा खबर गरेपछि राजनकुमार गौतमको कमाण्डमा टोली सिता थारु र आकास थारुलाई नियन्त्रणमा लिएको थियो ।
आरोपित आमा छोरालाई जिल्ला अदालत बर्दियाबाट कर्तब्य ज्यान मुद्दामा अनुसन्धानको लागी ५ दिन म्याद थप गरि थुनामा राखिएको प्रहरीले जानकारी दिउको छ । ।







प्रतिक्रिया