३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रुपा सुनारविरुद्ध घरवेटी सरस्वतीले दिइन् उजुरी



१६ असार ०७८, ललितपुर । जातीय विभेद गरेको आरोप लगाई प्रहरी कार्यालयमा थुनाएको आरोपमा काठमाडौं बबरमहलकी सरस्वती प्रधानले रुपा सुनार विरुद्ध आज विहीबार ललितपुर पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर उजुरी दर्ता गराएकी छिन् ।
उनले आफूले विभेद एवं छुवाछुतको व्यावहार नगरे पनि षड्यन्त्रपुर्वक फसाइएको आरोप लगाएकी छिन् । उनले उजुरी दिदै कोठा खोज्न जाने क्रममा सँगै पुगेका प्रतिवादी सुनारसँगै सुष्मा राई र सिर्जना राईलाई समेत हदैसम्मको कारवाहीको माग गरेकी छिन् ।
उनलाई केही दिनअघि सुनारले जातीय छुवाछुतको व्यावहार गरेको भन्दै प्रहरीकोमा उजुरी दिएपछि ३ दिनसम्म प्रहरी हिरासतमा राखेर प्रमाण नपुगेको भन्दै छोडिएको थियो ।
प्रधानलाई अन्याय भएको भन्दै राजधानीका विभिन्न ठाँउमा कारवाहीको माग गर्दै नेवार समुदायले हस्ताक्षर संकलन समेत गरेका थिए । उजुरी दिने क्रममा कानव अधिकार आयोग परिसरमा सेतो कपडामा गरिएको हस्ताक्षर समेत प्रर्दशन गरिएको थियो ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ४३ बजे