३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि



१७ असार ०७८, काठमाडौं । नेपालमा थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १३० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २ हजार ७३० जनामा संक्रमण पुष्टि भएको हो । यो कुल परीक्षणको २५ प्रतिशतमा संक्रमण देखिएको हो ।

त्यस्तै, सोही अवधिमा कोरोना संक्रमणबाट ३३ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ पुगेको छ । यसैगरी बिहीवार ४ हजार १७ जना निको भएसँगै हालसम्म ६ लाख १४९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ५ : ११ बजे