३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चित्र नष्ट गर्नु कलाकारको अपमान हो : कांग्रेस



फाइल तस्विर

१७ असार ०७८, काठमाडौं । नेपाली कांग्रेसले महामारीमा अग्रपङ्क्तिमा काम गर्नेहरुको कदर गर्दै सम्मान गर्नुपर्ने जनाएको छ । कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, सञ्चारकर्मी तथा शव व्यवस्थापनमा खटिएकाहरुको सामूहिक चित्र दुई साता अगाडि यहाँको एक पर्खालमा निर्माण गरेका थिए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विहीबार विज्ञप्तिमार्फत युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको यस चित्रलाई नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको बताएका छन् ।
“अनेकौं समाचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ । लिखित अनुमति लिएर, अग्रमोर्चामा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाइ होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको ब्यवहार किमार्थ हुन सक्दैन” उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । काठमाडौको अनेक स्थानमा थुिप्रएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो भन्ने प्रश्न गर्दै प्रवक्ता शर्माले यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ७ : १५ बजे