२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पहिरोमा पुरिएका दुई जनाको जीवितै उद्धार



फाइल तस्विर

१८ असार ०७८, तनहुँ । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका ८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका १० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन् ।
बिहान अन्दाजी पाँच बजेको समयमा घरमाथिबाट खसेको पहिराले पुरिँदा सरोज रिमाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । घाइते दुवैको लमजुङ अस्पतालमा उपचारको लागि पठाइएको छ ।
पहिरोमा परी १९ बाख्रा, दुई भैँसी मरे
गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण पहिराले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरामा परी दुई घरपरिवारका बाख्रा भैँसी मरेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका ९ ढोरफिर्दी निवासी टेकबहादुर महतको गोठमाथिबाट आएको पहिराले १० बाख्रा र एक भैँसी मरेको छ ।
यसै वडास्थित चेतबहादुर भुजेलको घर माथिबाट आएको पहिराले नौ बाख्रा र एक भैँसी पुरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । पहिराले पुरिएका ५५ वर्षीय खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई जीवितै उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उनीहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।
पृथ्वीराजमार्ग खुलाइ पनि डुम्रे–बेँसीशहर र खैरेनी–भिमाद खण्डमा पहिरो अवरुद्ध भएपछि हटाउने प्रयास भइरहेको उनले बताए । बन्दीपुर गाउँपालिका ३ तामुङमा पहिराले दुई जनाको मृत्यु भएको छ । पहिरामा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिराबाट सोही जडाका करिब ३० वर्षीय सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए । सरस्वती थापाका ससुरा, सासु र देवर घाइते भएका छन् ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।