१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कियो




१८ असार ०७८, गोरखा । मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएको छ ।

गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरेनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवतजावतमा समस्या भएको छ । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ ।

आवतजावत बन्द भएपछि तनहुँबाट गोरखातर्फ जानका लागि र गोरखाबाट तनहुँतर्फ आउनका लागि लामो बाटो हिँड्नु पर्ने बाध्यता छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १२ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।