३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लुम्बिनीका राज्‍यमन्‍त्रीले दिइन् राजीनामा



१८ असार ०७८ काठमाडौँ  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई फेरि अर्को झड्का लागेको छ । एमालेबाट मुख्यमन्त्री बनेका पोख्रेल नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै विपक्षीहरू आन्दोलनमा उत्रिरहेका बेला आफ्नै क्याबिनेटमा रहेको एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि उनलाई थप संकट परेको हो ।

राजपाको महन्त पक्षको समर्थनमा सरकार रहेकी भौतिक विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पद त्यागेकी हुन् । उनले पदबाट राजीनामा दिँदै उपेन्द्र यादव पक्षमै फर्किएको बताइन् ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ३ : ५४ बजे