१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पाँचखालका अधिकारी क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेकाे आरोपमा पक्राउ




१८ असार ०७८ ललितपुर । क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट डेढ करोड बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काभ्रे पाँचखाल नगरपालिका– ४ तामाघाट घरभई काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने २१ वर्षीय प्रजिन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

सर्लाही लालबन्दी नगरपालिका ७, रानीगञ्जका यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाइदिने भनेर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अधिकारीलाई पक्राउ गरेको हो।

अधिकारीले राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै झुक्याएर १७ लाख रुपैयाँ लिई सम्पर्कबिहिन भएको भन्दै बस्नेतले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अधिकारीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडालगायतका मुलुकमा पठाइदिन्छु भनेर करिब डेढ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। अधिकारीबाट कोही पीडित भएमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।