११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देशका यी क्षेत्रमा भारी वर्षाः सतर्कता अपनाउन अपिल   



फाइल तस्बिर

१९ असार ०७८, काठमाडौं ।  देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक÷दुई स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै प्रदेश नं २ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भेगमा भू–क्षय, पहिराको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढन्सक्ने भएकालै दैनिक जीवन÷यतायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सचेतना अपनाउन सबैमा अनुरोध गरेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ । आज काठमाडौँ उपत्यकामा बिहानैदैखि निरन्तर वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ ।

आइतबार पनि देशभार सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कतिपय स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । आज काठमाडौँको अधिकतम २३ दशमलव ४ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्रि सेल्सियस रहेको छ । काठमाडौँ उपत्यकामा गएराति देखिनै निरन्तर वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा ४६ मिलिमिटर वर्षा भएको छ । शुक्रबार ४० मिलिमिटर वर्षा मापन गरिएको थियो । सबैभन्दा धेरै विराटनगरमा ८५, सिमरामा ५१, भैरहवामा ५७, तप्लेजुङ ४५ र ओखलढुङ्गामा ४० मिलिमिटर वर्षा भएको छ ।

मौसम विश्लेषण (Meteorological Analysis)

देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक  मनसुनी न्युन चापीय रेखा (monsoon trough) रहेको छ।

https://www.youtube.com/@lalitkhabar

हाल मौसमको अवस्था (Present Weather Status)

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान                       

२०७८ असार १९ गते (शनिबार)

दिउँसोप्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ  । प्रदेश २ र बागमती  प्रदेशका  एक दुइ स्थानमा  धेरै भारि बर्षाको समेत सम्भावना रहेको छ  ।

रातीप्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित  भारी वर्षाको सम्भावना रहेको छ  । प्रदेश १, प्रदेश २, र गण्डकी  प्रदेशका  एक दुइ स्थानमा  धेरै भारि बर्षाको समेत सम्भावना रहेको छ  ।

२०७८ असार २० गते (आइतबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा   मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित  भारी वर्षाको सम्भावना रहेको छ  । बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको पनि संभाबना रहेको छ।

२०७८ असार २ गते (सोमबार)

दिउँसोप्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  ।

रातीप्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   । प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  ।


आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रही प्रदेश २ र बागमती  प्रदेशका  एक दुइ स्थानमा  धेरै भारि बर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन  सबैमा अनुरोध छ ।

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।