१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रहरीले निःशुल्क बाड्यो साडे चार लाख मास्क



लेन्स : नेपाल प्रहरी

२० असार ०७८, काठमाडौं । नेपाल प्रहरीले अहिलेसम्म कोरोना नियन्त्रणका लागि ४ लाख ६१ हजार ७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ सय २८ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जानकारी दिएको छ ।
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । तीमध्ये ६ सय ३५ वटा गाडी र ४ सय ४१ वटा मोटरसाइकल रहेका छन् ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ३३ जनालाई कोरोना सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ३ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ । यस क्रममा १ हजार १ सय ८३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड,पर्चापम्प्लेट सहितको ४६ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २ हजार ३ सय २३ जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको प्रहरीले बताएकोे छ ।

 

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ७ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।