२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभा निर्वाचनः कार्यतालिका सार्वजनिक, असार ३१ देखि साउन १५ सम्म दल दर्ता



कान्तिपथस्थित निर्वाचनको कार्यलय ।

२१ असार ०७८, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो। सोहीअनुसार निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुनेछ। सोही दिन दल दर्ताका लागि सूचना प्रकाशन गरिनेछ। आयोगले भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ।
पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति असोज २० गतेदेखि २१ गतेसम्म तय गरिएको छ। असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
पहिलो चरणको निर्वाचनको कात्तिक २६ गते मतदान हुने कार्यतालिका छ।
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने मिति असोज ३१ देखि कात्तिक १ गतेसम्मका लागि तोकिएको छ। कात्तिक १ गते उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशित गरिनेछ भने ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। मंसिर ३ गते मतदान हुनेछ। कार्यतालिकाअनुसार राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको मिति तोकिएको छ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ३ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।