
ललितपुर खबर २२ असार ०७८, काठमाडौं । नेपालमा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार देशभर १५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २ सय ६३ पुगेको छ।
यसैगरी गत चौबीस घन्टामा १ हजार ५ सय ६५ संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म २५ हजार ८ सय २८ सक्रिय संक्रमित रहेका छन्।
मंगलबार ७ हजार ५ सय ३ पीसीआर तथा ५ हजार ८२ एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया