१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ठमेलबाट नगदसहित पक्राउ परे पाँच चिनियाँ जुवाडे




२४ असार ०७८, काठमाडौं । ठमेलको एक होटलबाट जुवा खेलिरहेका पाँच चिनियाँ नागरिक पक्राउ गरेका छन् ।
महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले चिनियाँ नागरिक हे सिआओलङले सञ्चालन गरेको होटल सिआओ सियाङ होटलबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

बुधबार राति करिब १० बजेट प्रहरी टोली ठमेलको जेपी मोडस्थित होटलमा पुगेको थियो। प्रहरीले जुवा खेलिरहेको बेला सञ्चालकसहितलाई पक्राउ गरेको वृत्तले जनाएको छ ।

उनका अनुसार पक्राउ पर्नेमा हे सिआओलङ, पी च्वाङछी, हु वाङबिन, हे फुयु र लि सिआओ टङ रहेका छन्। उनीहरूको साथबाट १ लाख २३ हजार रूपैयाँ नगद, जुवातास खेल्न प्रयोग हुने विद्युतीय टेबुल, तास, प्लाष्टिकको गोटी लगायत बरामद गरिएको छ ।

उनीहरूलाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ४ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।