३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्वोच्चलाई राष्ट्रपतिको लिखित जवाफः संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्दा मुद्दा लाग्दैन



२५ असार ०७८, काठमाडौं । राष्ट्रपति कार्यालयले नेपालको संविधानले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा राष्ट्रपतिले गरेका काममा मुद्दा नलाग्ने जवाफ सर्वोच्च अदालतमा पठाएको छ । राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराईले मन्त्रिपरिषद् विस्तार विरुद्धका परेको मुद्दामा महान्यायाधिवक्ता कार्यालयमार्फत आज सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा राष्ट्रपतिले संवैधानिक जिम्मेवारी पूरा गर्दा मुद्दा नलाग्ने कानूनी व्यवस्था रहेको जनाएको हो ।

“संविधानको धारा ६१ को उपधारा (२) मा संविधान र सङ्घीय कानून बमोजिम कार्य सम्पादन गर्ने जिम्मेवारी राष्ट्रपतिलाई सुम्पिएको विषय उल्लेख गरिएको छ”, लिखित जवाफमा भनिएको छ, “राष्ट्रपतिलाई संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्ने सिलसिलामा आफ्नो पदीय हैसियतले सम्पादन गरेका काम कारवाहीको विषयमा निज पदमा रहँदा वा सेवा निवृत भएपछि निज उपर मुद्दा नचलाइने भनी राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को दफा १६ मा व्यवस्था गरी पदीय उन्मुक्ति प्रदान गरेको छ ।”

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : २८ बजे